ADD FOR WEBSIDE ADD FOR WEBSIDE

विश्वकप एसिया छनोटका लागि २९ खेलाडी छानिए

बुधबार, भदौ २६, २०८१

काठमाडौँ : नेपाल क्रिकेट संघ क्यानले आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटका लागि २९ जना खेलाडीलाई छनौट गरेको छ ।

क्यानले आज एक सुचना जारी गर्दै एसिया छनोटकालागि २९ जना खेलाडी छाननिएको जनाएको हो । चितवन (मायादेवी कप) र कोहलपुर (मेयर कप) मा भएको यू–१९ महिला छनोट प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा यी खेलाडी छनोट भएका हुन् ।

यहि सेम्टेम्बर १५ देखि ३० सम्म दाङमा हुन लागेको शिविरको पहिलो चरणका लागि छनोट समितिले २९ खेलाडी छनौट गरेको हो । टोलीमा सोनी पाख्रिन, ऐली यादव, किरणकमारी कुँवर, त्रिशना विक, मनिषा उपाध्याय, रिया शर्मा, करिश्मा गुरुङ, पूजा साउद, विपशा शाही, साना प्रविण, प्रतिमा शाह छन् ।

त्यस्तै,  स्नेहा महरा, सावित्रा धामी, अनु कडायत, मनिषा बोहोरा, करिश्मा थापा, रविना साउद, सुस्मिता भुसाल पनि छनोट गरेको छ ।अलिशाकुमारी यादव, भवानी कमाती, आरती महतो, पूजा महतो, कुशम गोदार, सीमाना जीसी, ज्योत्सिका मर्सानी, निरु जीटी, सेरिना थापा, रचना चौधरी, आश्मा पुलामी मगर रहेकी छन् ।
 

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १८:१८
प्रतिक्रिया दिनुहोस्