ADD FOR WEBSIDE ADD FOR WEBSIDE

पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगिता भिड्ने यू – २० भलिबल टोलीको घोषणा 

बिहीबार, भदौ २७, २०८१

काठमाडौं: २० वर्ष मुनिको पुरुष भलिबलमा पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिने नेपाली टोलीको घोषणा भएको छ ।
काभा २० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनसीपमा सहभागी हुने नेपाली टोलीको बिहीबार नेपाल भलिबल संघले घोषणा गरेको छ । संघले छनौट भएका १२ खेलाडीको नाम बिहीबार सार्बजनिक गरेको हो । 
संघले यही भदौ ८ गतेबाट प्रशिक्षणमा बोलाएका १८ खेलाडीमध्ये सुदुरपश्चिम, गण्डकी र लुम्बिनीका तीन÷तीन जना तथा कर्णाली, बागमती र मधेश प्रदेशबाट एक÷एक जनालाई अन्तिम टोलीमा समावेश गरेको छ । 
जसमा सुदुरपश्चिमका सुरेश मल्ल, अर्जुन नेपाली, अशोक राना, गण्डकीका सूर्य विक, विश्वास अधिकारी र जितबहादुर सार्की, लुम्बिनीका सागर रसौली, लेसमन राहादी र दिपेश कुँवर टोलीमा अटाएका छन्। यस्तै कर्णालीका पहल गहतराज, मधेशका शैलेन्द्र यादव र बागमतीका सुजन सुनार टोलीमा सहभागी छन् ।
नेपालबाट २० वर्ष मुनिको पुरुष भलिबल टोली पहिलो पटक अन्तराष्ट्रिय भलिबल प्रतियोगितामा भाग लिन लागेको संघले जनाएको छ । 
काभा च्याम्पियनसिप अक्टोबर ४ तारेख अर्थात् असोज १८ देखि अक्टोबर १२ अर्थात् असोज २६ गतेसम्म श्रीलंकाको कोलम्बोमा हुनेछ ।
केहि साताअघि काठमाडौंमा भएको १९ बर्ष मुनिको भलिबल च्याम्पियनसिपमा गरेको प्रदर्शनका अधारमा खेलाडी छनोट गरिएको हो ।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १४:०९
प्रतिक्रिया दिनुहोस्