ADD FOR WEBSIDE ADD FOR WEBSIDE

एन्फा महिला लिगमा आर्मीको तेस्रो जित

बिहीबार, भदौ २७, २०८१

काठमाडौं: विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा महिला लिग फुटबलमा तेस्रो जित निकालेको छ ।


बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा आर्मीले बागमती युथ क्लबमाथि ३–० गोल अन्तरले जित हात पारेको हो । पहिलो हाफमा १–० को अग्रता बनाएको आर्मीले दोस्रो हाफमा थप एक गोल गर्दा अर्को गोल उपहार पाएको थियो।


आर्मीको जितमा आर्मीका लागि विमला चौधरी र अमिषा कार्कीले गोल गरिन् । यस्तै अर्को गोल आर्मीले उपहार पाएको थियो । खेलको २६ औं मिनेटमा बिमला चौधरीले पहिलो गोल गरिन् । दोस्रो हाफमा ६१ औं मिनेटमा अमिसा कार्कीले गो गरिन् । 


जितसँगै आर्मी ९ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लिग अन्तर्गत चार खेल खेलेको आर्मीले  तीनमा जित निकाल्दा एक खेलमा हार ब्यहोरेको छ ।
तीनमा हार र एक खेलमा जित निकालेर ३ अंक जोडेको बागमती सातौं स्थानमा छ । तालिकाको शीर्ष स्थानमा १० अंकसहित अर्को विभागीय टोली नेपाल पुलिस क्लब रहेको छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १६:०५
प्रतिक्रिया दिनुहोस्