ADD FOR WEBSIDE ADD FOR WEBSIDE

पलेसाले पाईन ६५ लाख पुरस्कार

शुक्रबार, भदौ २८, २०८१

काठमाडौँ : पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक विजेता पलेसा गोवर्धनले सरकारबाट ६५ लाख पुरस्कार पाएकी छन् ।

मन्त्रिपरिषद्को यही भदौ २० गतेको निर्णयबमोजिम पलेसालाई  ६५ लाख पुरस्कार राशीमा कर नकटाइ पुरस्कृत आज गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले गोवर्धनसहित प्रशिक्षक र टिम व्यवस्थापकलाई एक समारोहकाबीच पुरस्कृत गरेका हुन् ।

प्रशिक्षक कविराज नेगी लामालाई पाँच लाख ८५ हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठले पनि दुई लाख ९२ हजार पुरस्कार पाएका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १४:१२
प्रतिक्रिया दिनुहोस्