HAPPY NEW YERA HAPPY NEW YERA

एनपीएलका लागि ८ मार्की खेलाडीको घोषणा

शुक्रबार, भदौ २८, २०८१

काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि ८ जना मार्की खेलाडीको नाम सार्वजनिक गरेको छ।

क्यानले आज एक प्रेस विज्ञप्ती जारी गर्दै एनपीएलका लागि राष्ट्रिय टोलीमा रहेका ८ खेलाडीको नाम सार्वजनिक गरेको हो। क्यानले सार्वजनिक गरेको ८ मार्की खेलाडीमा कप्तान रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऐरि, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, आसिफ शेख, कुशल भुर्तेल र कुशल मल्ल रहेका छन।

यद्यपी कुन खेलाडी कुन टोलीको मार्की खेलाडीका रुपमा रहन्छन् भन्ने बारेमा भने क्यानले केही खुलाएको छैन। उनीहरू एनपीएलमा कुन टोलीमा रहन्छन् भन्ने बारेमा भने भोलि मात्रै टुङ्गो लाग्नेछ।

एनपीएलमा रहने ८ वटा टिममा एक एक जना मार्की खेलाडी रहनेछन् ।

अन्य खेलाडी भने अक्सनबाट छानिने क्यानले जनाएको छ । एनपीएल नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म हुनेछ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १४:५६
प्रतिक्रिया दिनुहोस्