ADD FOR WEBSIDE ADD FOR WEBSIDE

चन्द्रपुरसंग सुदुरपश्चिम चार शुन्यले पराजित

शुक्रबार, भदौ २८, २०८१

काठमाडौँ : एन्फा महिला लिग फुटबलमा चन्द्रपुर नगरपालिकाले पहिलो जित निकालेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा सुदुर पश्चिम प्रदेशलाई ४–० गोलले हराउँदै चन्द्रपुरले जितको खाता खोलेको हो । चन्द्रपुरको जितमा अनिता राना मगर,रजनी थोकर र सजनी थोकरले एक/एक गोल गरिन् ।

एक गोल चन्द्रपुरले उपहार स्वरुप पाएको थियो । पहिलो हाफमा दुई गोल गरेको चन्द्रपुरले दोस्रो हाफमा अर्को दुई गोल थप्यो । जितसंगै चन्द्रपुर ५ अंक सहित लिगको छैटौँ स्थानमा उक्लिएको छ । खेलेका चार खेलमध्ये चन्द्रपुरले एकमा हार ब्यहोरेको छ भने दुई खेल बराबरीमा टुंग्याएको छ ।

जित बिहिन सुदुरपश्चिम भने अंक तालिकाको पुछारमा छ । १० अंक सहित नेपाल पुलिस शिर्ष स्थानमा छ । समान अंकको एपिएफ दोस्रो तथा ९ अंकको आर्मी तेस्रो स्थानमा छ ।

९ अंककै कोशी चौथो स्थानमा छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १७:१६
प्रतिक्रिया दिनुहोस्