ADD FOR WEBSIDE ADD FOR WEBSIDE

रोहित र एरिका उत्कृष्ठ बर्ष खेलाडी घोषित

शुक्रबार, भदौ २८, २०८१

 

काठमाडौँ : करातेकी एरिका गुरुङ र राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको एनएसजेफ पल्सर स्पोटस् अवार्ड कार्यक्रममा यी दुबै जना वर्षको उत्कृष्ट महिला र पुरुष खेलाडी बनेका हुन् । चार प्रतिस्पर्धी का एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी, क्रिकेटकी रुविना क्षेत्री र कबड्डीकी मेनुका राजवंशीलाई उछिन्दै एरिकाले उक्त अवार्ड जितेकी हुन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तानले  दीपेन्द्रसिंह ऐरी, फुटबलका अनन्त तामाङ, करातेका मोहम्मद शेखु आलम र गल्फका सुवास तामाङलाई उछिन्दै वर्षको उत्कृष्ट पुरुष खेलाडीको पुरस्कार हात पारेका हुन् । रोहितको अनुपस्थितीमा उक्त अवार्ड रोहितकी आमाले ग्रहण गरेकी थिइन् । रोहित हाल विश्वकप छनोट लिग–२ खेल्न क्यानडामा छन् । यस्तै तेक्वान्दोकी पलेशा गोवर्धन श्रेष्ठले उत्कृष्ट पारा एथलिट अवार्ड प्राप्त गरीन् ।

No photo description available.

भारोत्तोलनका हेमन्त पाल वर्षको उत्कृष्ट युवा खेलाडी बन्दा राष्ट्रिय भलिबल टिमकी मिड ब्लकर कविता भट्ट पिपल्स च्वाइस अवार्डबाट सम्मानित भएकी छन् । उनले फुटबलकी प्रीति राई, टेबलटेनिसका सुजन गडाल, क्रिकेटका अर्जुन कुमाल र टेनिसकी सुनिरा थापालाई पछि पारेकी थिइन् ।

May be an image of 2 people and text that says 'CONGRATULA CONGRATULATIONS 茶 sooek 00p'

May be an image of 2 people and text

करातेका प्रशिक्षक कुशल श्रेष्ठ वर्ष २०८० को सर्वोत्कृष्ट प्रशिक्षकबाट सम्मानित भए । 

May be an image of 3 people, suit and text

No photo description available.

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  २२:४७
प्रतिक्रिया दिनुहोस्