ADD FOR WEBSIDE ADD FOR WEBSIDE

महिला लिग फुटबलमा आज दुई खेल

शनिबार, भदौ २९, २०८१

काठमाडौँ : एन्फा महिला लिग फुटबलमा आज दुई खेलहरु हुने भएका छन् ।

दशरथ रंगाशालामामा दिउँसो साँढे १२ बजे हुने पहिलो खेलमा बिभागिय टोलीहरु नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुदैँछ । शिर्ष स्थानमा रहेको पुलिस आज आर्मीलाई हराउँदै दोस्रो स्थानको एपिएफसंग ३ अंकको अग्रता बनाउन चाहान्छ । आर्मी पनि आज पुलिसलाई हराउँदै शिर्ष स्थानमा उक्लने योजनामा छ ।

आजै हुने दोस्रो खेलमा संकटा र कोशी प्रदेश आमने सामने हुदैँछन् । दशरथ रंगाशालामा  दिउँसो साँढे ३ बजे हुने खेलमा संकटालाई हराउँदै कोशी शिर्ष दुईमा रहन चाहान्छ । संकटापनि आज कोशीलाई हराउँदै शिर्ष चारमा अटाउने दाउमा छ । जारी लिगमा १० अंक सहित पुलिस शिर्ष स्थानमा छ ।

समान अंकको एपिएफ दोस्रो तथा ९ अंकको आर्मी तेस्रो स्थानमा छ । ९ अंककै कोशी चौथो स्थानमा छ । ६ अंकको वालिङ पाँचौ स्थानमा छ ।
 

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १०:०८
प्रतिक्रिया दिनुहोस्