ADD FOR WEBSIDE ADD FOR WEBSIDE

पुलिस र आर्मीको खेल बराबरीमा टुंगियो

शनिबार, भदौ २९, २०८१

काठमाडौँ : एन्फा महिला लिग फुटबलमा बिभागिय टोली नेपाल पुलिस र त्रिभुवन आर्मीले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथरंगाशालामा आज भएको पहिलो खेलमा दुबै टोलीले एक/एक गोलको बराबरी खेलेका हुन् । खेलको ४८ औँ मिनेटमा अमृता जैशीले गोल गर्दै पुलिसलाई अग्रता दिलाएपनि जित निकाल्न भने सकेन ।

६३ औँ मिनेटमा आर्मीकी अमिशा कार्कीले बराबरी गोल फर्काइन् । बराबरीसंगै शिर्ष स्थानको पुलिसले ११ अंक जोडेको छ ।

आजै हुने दोस्रो खेलमा संकटा र कोशी प्रदेश आमने सामने हुदैँछन् । दशरथ रंगाशालामा  दिउँसो साँढे ३ बजे हुने खेलमा संकटालाई हराउँदै कोशी शिर्ष दुईमा रहन चाहान्छ । संकटापनि आज कोशीलाई हराउँदै शिर्ष चारमा अटाउने दाउमा छ । 
 

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १४:३२
प्रतिक्रिया दिनुहोस्