ADD FOR WEBSIDE ADD FOR WEBSIDE
आईपिएल:

आईपिएलमा आज राजस्थान र दिल्ली भिड्ने

मंगलबार, वैशाख २५, २०८१

काठमाण्डौँ :ईण्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा मंगलबार दोस्रो स्थानको राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाली समय अनुसार साँझ ७ः४५ बजे अरुण जेट्ली स्टेडियम दिल्लीमा हुने खेलमा छैटौँ स्थानको दिल्लीले दोस्रो स्थानको राजस्थानसंग प्रतिस्पर्धा गर्न लागेको हो ।

दिल्लीले मंगलबार (आज) फराकिलो जित निकाल्न सकेको खण्डमा आईपिएलको तेस्रो स्थानमा पुग्ने सम्भावना छ । दोस्रो स्थानको राजस्थान भने दिल्लीलाई हराउँदै शिर्ष स्थानमा उक्लने योजनामा छ ।

जारी लिगमा राजस्थानले एक खेल कम खेलेको छ । मुम्मबईले सबैभन्दा बढी १२ खेल खेलेको छ अन्य सबैटोली ११/११ खेल खेल्दा राजस्थानले १० खेल मात्र खेलेको छ ।

जारी लिगमा १६ अंक सहित कोलकत्ता नाईटराईडर्स शिर्ष स्थानमा छ । समान अंकको राजस्थान दोस्रो तथा तथा १२ अंकको चेन्नेई तेस्रो स्थानमा छ ।

८ अंकको गुजरात लिगको पुछारमा छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ०८:२०
प्रतिक्रिया दिनुहोस्