ADD FOR WEBSIDE ADD FOR WEBSIDE

मार्की खेलाडीको मुल्य २० लाख ,कुन खेलाडी कुन टोलीमा परे ? हेर्नुहोस्

शनिबार, भदौ २९, २०८१

काठमाण्डौँ : नेपाल प्रिमियर लिग (एनपिएल) को ८ टोलीका मार्की खेलाडीले २० लाख रुपैयाँ पाउने भएका छन् ।

नेपाल क्रिकेट संघ(क्यान) ले आज आयोजना गरेको पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले मार्की खेलाडी हरेकको पारिश्रमिक २० लाख रुपैयाँ तोकिएको जानकारी दिएका हुन् ।

क्यानले गोलाप्रथाका आधारमा मार्कीको टोली छनोट समेत गरेको छ । जसअनुसार करण केसी काठमाडौं, कुशल भुर्तेल पोखरा, कुशल मल्ल चितवन, सन्दीप लामिछाने विराटनगर रहेका छन् ।

यस्तै रोहित पौडेल लुम्बिनी,आसिफ शेख जनकपुर,सोमपाल कामी कर्णाली र दीपेन्द्र सिंह ऐरी सुदूरपश्चिममा परेका छन् । एनपिएल आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ हुदैछ । 
 

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १४:५८
प्रतिक्रिया दिनुहोस्