ADD FOR WEBSIDE ADD FOR WEBSIDE

काभा महिला भलिबल क्लब च्याम्पियनसिप आज बाट

आइतबार, भदौ ३०, २०८१

काठमाडौँ : काभा महिला भलिबल क्लब च्याम्पियनसिप आज बाट सुरु हदैँछ ।

माल्दिभ्समा आज सुरु हुने प्रतियोगिताको उद्धघाटन खेलमा श्रीलंकको स्लाफ र माल्दिभ्सको वामकोबीच प्रतिस्पर्धा हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) ले जनाएको छ । आजनै हुने दोस्रो खेलमा नेपाल पुलिस क्लबले उज्वेकिस्तानको हुमो भिसको सामना गर्ने छ । यस्तै पुलिसले सेप्टेम्बर १६ मा श्रीलंका एयर फोर्स, १७ मा तजाकिस्तानको भिसी डाइमेड, १८ मा माल्दिभ्सको क्लब वाम्को र १९ मा म माल्दिभ्स पुलिस क्लबको सामना गर्ने भएको हो ।

 पुलिसले यस प्रतियोगिताका लागि मात्रै भनेर विभागीय प्रतिद्धन्द्धी नेपाल एपिएफ क्लबबाट सरस्वती चौधरी र निरुता ठगुन्ना तथा न्यु डायमन्ड युथ स्पोर्टस क्लबबाट सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको छ ।

लिग चरणका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । 

 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  ०८:१०
प्रतिक्रिया दिनुहोस्