ADD FOR WEBSIDE ADD FOR WEBSIDE

महिला लिग फुटबलमा आज पनि दुई खेल हुने

आइतबार, भदौ ३०, २०८१

काठमाडौँ : एन्फा महिला लिग फुटबल अन्तर्गत आज पनि दुई खेलहरु हुने भएका छन् ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा दिउँसो साँढे १२ हुने खेलमा कर्णाली प्रदेश र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपिएफ आज कर्णालीलाई हराउँदै शिर्ष स्थानमा पुग्ने योजनामा छ भने कर्णाली पनि एपिएफलाई हराउँदै पहिलो जित निकाल्न चाहान्छ ।

आजै हुने दोस्रो खेलमा बागमती र चन्द्रपुर नगरपालिकाबीच दिउँसो साँढे ३ बजे प्रतिस्पर्धा हुने भएको छ । जारी लिगमा ११ अंक सहित पुलिस शिर्ष स्थानमा छ । १० अंकको एपिएफ दोस्रो तथा कोशी प्रदेश तेस्रो स्थानमा छ । ५ अंक सहित चन्द्रपुर छैटौ स्थानमा छ । ३ अंकको बागमती आठौँ स्थानमा छ ।

हिजोका दुबै खेलहरु त्रिपुरेश्वरस्थित दशरथरंगाशालामा खेलाईएको थियो । हिजोको दुवै खेलहरु बराबरमिा टुंगिएका थिए ।

संकटा र कोशी प्रदेशले बराबरी खेल्दै अंक बाँड्दा दुई बिभागिय टोलीहरु नेपाल पुलिस र त्रिभुवन आर्मीले पनि एक-एक गोलको बराबरी खेल्दै अंक बाँडेका थिए ।
 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  ०८:२८
प्रतिक्रिया दिनुहोस्