ADD FOR WEBSIDE ADD FOR WEBSIDE

कर्णालीलाई हराउँदै एपिएफ शिर्षमा

आइतबार, भदौ ३०, २०८१

काठमाडौँ : सशस्त्र प्रहरीको एपिएफ क्लब एन्फा महिला लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा कर्णाली प्रदेशलाई ६–० गोलले हराउँदै एपिएफ शिर्षमा उक्लिएको हो । एपिएफको जितमारश्मी कुमारी घिसिङले दुई गोल गरिन् । निशा थोकर,गिता रानामगर र हिमा रावतले एक/एक गोल गरिन् । एक गोल एपिएफले उपहार स्वरुप पायो । एपिएफकी रश्मी कुमारी घिसिङ प्लेयअर अफ दि म्याच घोषित भईन् ।

 जितसंगै शिर्ष स्थानमा पुगेको एपिएफको १३ अंक भएको छ । खेलेका ५ खेलमा एपिएफले ४ खेलमा जित निाकालेको छ भने एक खेल बराबरी खेलेको छ । समान खेल खेलेको कर्णालीले ४ खेलमा हार भोगेको छ भने एक खेल बराबरीमा सकाएको छ ।

आजै हुने दोस्रो खेलमा बागमती र चन्द्रपुर नगरपालिकाबीच दिउँसो साँढे ३ बजे प्रतिस्पर्धा हुने भएको छ । जारी लिगमा १३ अंक सहित एपिएफ शिर्ष स्थानमा छ । ११ अंकको पुलिस दोस्रो तथा १० अंकको कोशी तेस्रो स्थानमा छ । 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १४:२९
प्रतिक्रिया दिनुहोस्