ADD FOR WEBSIDE ADD FOR WEBSIDE

काभा भलिबल क्लब च्याम्पियनसिपमा पुलिस विजयी

आइतबार, भदौ ३०, २०८१

काठमाडौँ : काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।

माल्दिभ्समा आज भएको खेलमा उज्वेकिस्तानको हुमो भिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले विजयी सुरुवात गरेको हो ।

May be an image of 6 people, people playing voleyball and text

May be an image of 6 people, people playing voleyball and text

हुमो भिसविरुद्ध पुलिसले २५–१९,२७–२५ र २५–१९ को जित निकालेको हो । लिगको दोस्रो खेलमा पुलिसले भोली श्रीलंकाको पुलिस क्लबको सामना गर्ने छ ।

May be an image of 4 people, people playing voleyball and text

पुलिसले यस प्रतियोगिताका लागि मात्रै भनेर विभागीय प्रतिद्धन्द्धी नेपाल एपिएफ क्लबबाट सरस्वती चौधरी र निरुता ठगुन्ना तथा न्यु डायमन्ड युथ स्पोर्टस क्लबबाट सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको छ ।

लिग चरणका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

May be an image of 7 people, people playing soccer and text


 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  २०:४४
प्रतिक्रिया दिनुहोस्