ADD FOR WEBSIDE ADD FOR WEBSIDE
एन्फा महिला लिग

बागमती र चन्द्रपुरको खेल बराबरीमा 

आइतबार, भदौ ३०, २०८१

काठमाडौँ :  एन्फा महिला लिग फुटबलमा बागमती र चन्द्रपुर नगरपालिकाबीचको बराबरीमा टुंगिएको छ ।

एन्फा कम्प्लेक्समा आज भएको दोस्रो खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै एक/एक अंक बाँडेका छन् । बराबरीसंगै दुबै टोलीको अंक तालिकामा कुनै परिबर्तन भने भएको छैन । छैटौ स्थानको चन्द्रपुरको ६ अंक भएको छ । ४ अंकको बागमती ८ औँ स्थानमा छ ।

यसअघि आजै भएको पहिलो खेलमा कर्णाली प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपिएफ क्लब एन्फा महिला लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा कर्णालीलाई ६–० गोलले हराउँदै एपिएफ शिर्ष स्थानमा उक्लििएको हो । एपिएफको जितमा रश्मी कुमारी घिसिङले दुई गोल गरिन् ।

निशा थोकर,गिता रानामगर र हिमा रावतले एक/एक गोल गरिन् । एक गोल एपिएफले उपहार स्वरुप पायो । जितसंगै शिर्ष स्थानमा पुगेको एपिएफको १३ अंक भएको छ । 
 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  २०:४७
प्रतिक्रिया दिनुहोस्