ADD FOR WEBSIDE ADD FOR WEBSIDE
विश्वकप क्रिकेट लिग -२

नेपालले आज क्यानाडासंग प्रतिस्पर्धा गर्दै

सोमबार, भदौ ३१, २०८१

काठमाण्डौँ : आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणत्मक सिरिजमा नेपालले आज घरेलुटोली क्यानाडासंग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र क्यानाडाको खेल किङ सीटीमा नेपाली समयअनुसार बेलुकी पौने ८ बजे हुनेछ । सात महिनापछि एकदिवशीय फरम्याटमा  मैदानमा उत्रन लागेको नेपालका लागि ओमान र क्यानडासम्मीलित सिरिज गर या मरको स्थित छ । लिग– २ को पहिलो सिरिजमा घरेलु मैदानमा खराव प्रदर्शन गरेको नेपाललाई यी खेलहरु जित्नै पर्ने दबाब छ । क्यानाडासंगको खेलपछि नेपालले दोस्रो खेल असोज २ गते ओमानसंग खेल्ने तालिका छ ।

असोज ६ गते फेरि घरेलुटोलीसंग खेलेपछि असोज ८ गते नेपालले ओमानसंग खेल्नेछ । नेपाल र क्यानडाले अहिलेसम्म एक अर्काविरुद्ध ३ ओडीआई खेल खेलेका छन् । जसमा तीन ओटै खेल नेपालले जितेको छ । एकदिवशीय सिरिज सकिए पछि तीन वटै टोलीले क्रिकेणात्मक टी–ट्वेन्टी आई सिरिज खेल्ने छन् । त्यसपछि नेपाली टोली लिग-२ अन्तर्गतको अर्को सिरिजकालागि अमेरिका प्रस्थान गर्ने छ ।

विश्वकप लिग-२ मा ८ खेल खेलेको नेदरल्याण्डस् ६ मा जित र २ मा पराजित हुँदै १२ अंक सहित शिर्ष स्थानमा छ । ७ खेल खेलेको स्कटल्याण्ड ४ मा जित,२ मा हारसहित ९ अंक जोड्दै दोस्रो स्थानमा छ ।

८ अंकको क्यानाडा तेस्रो स्थानमा छ । उसले खेलेका ८ खेलमा ४ मा जित र ४ मा हार भोगेको छ । समान खेल र समान नतिजा सहित नामिबिया चौथो स्थानमा छ ।

४ अंकको अमेरिका पाँचौ स्थानमा छ । ४ खेल खेलेको अमेरिकाले दुईमा जित र दुईमा हार भोगेको छ । ३ अंकको ओमान छैटौ तथा २ अंकको नेपाल साँतौ स्थानमा छ । यी दुबै टोलीले समान चार खेल खेलेका छन् ।

खेलेका ३ वटै खेलमा हार भोगेको युएई अंक तालिकाको पुछारमा छ ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ०५:३०
प्रतिक्रिया दिनुहोस्