ADD FOR WEBSIDE ADD FOR WEBSIDE

एन्फा महिला लिगमा आज वालिङ र सुदुरपश्चिम भिड्ने

सोमबार, भदौ ३१, २०८१

काठमाडौँ : एन्फा महिला लिग फुटबलमा आज एक मात्रै खेल हुने भएको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे हुने खेलमा स्याङ्जाको वालिङ र सुदुरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

६ अंक सहित छैटौँ स्थानमा रहेको वालिङ स्पष्ट ३ अंक जोड्दै ९ अंक जोड्ने दाउमा छ भने अक तालिकाको पुछारमा रहेको सुदुरपश्चिम प्रदेश पहिलो जित निकाल्न चाहान्छ । सुदुरपश्चिमले आज जित निकालेमा एक स्थान माथि उक्लने छ ।

जारी लिगमा १३ अंकको एपिएफ शिर्ष स्थानमा छ । ११ अंकको पुलिस दोस्रो तथा १० अंकको आर्मी तेस्रो स्थानमा छ । 
 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ०६:५०
प्रतिक्रिया दिनुहोस्