ADD FOR WEBSIDE ADD FOR WEBSIDE
प्रिमियर लिग:

म्यानचेस्टर युनाइटेडकोे लज्जास्पद हार

मंगलबार, वैशाख २५, २०८१

काठमाण्डौँ :ईङलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले लज्जास्पद हार ब्यहोरेको छ ।

इङल्याण्डको सेलहर्स्ट पार्कमा मंगलबार बिहान भएको खेलमा म्यानचेस्टर युनाइटेड क्रिस्टल प्यालेससंग ४–० ले स्तब्ध भएको हो ।

खेलको १२ मिनेट देखि दबाबमा राखेको प्यालेसलले अन्त्यसम्म युनाईटेटको पोष्टमा चार गोल छिरायो । प्यालेसको जितमा नायक बनेका माइकल ओलिसले दुई तथा जीन–फिलिप माटेटा र टायरिक मिचेलले एक / एक गोल गरे ।

क्रिस्टल प्यालेससंगको हारले म्यान्चेस्टर युनाईटेडको युरोपा लिगको ग्रुप स्टेजमा छनौट हुने सम्भावना समेत धर्मराएको छ । यस हारले युनाईटेडको प्रशिक्षक तथा क्लबको भबिष्यमाथ समेत प्रश्न उठ्न थालेको छ ।

उक्त छनौटका लागि टोटन ह्यामले भने आफ्नो सम्भाबना जिवितै राखेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ०७:३०
प्रतिक्रिया दिनुहोस्