ADD FOR WEBSIDE ADD FOR WEBSIDE
एन्फा महिला लिग

सुदूरपश्चिमको पाचौँ हार, वालिङसंग ५–१ गोलले पराजित

सोमबार, भदौ ३१, २०८१

काठमाडौँ : एन्फा महिला लिगमा वालिङ नगरपालिकाले सुदूरपश्चिम प्रदेशमाथि फराकिलो जित निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा आज भएको खेलमा वालिङले सुदूरपश्चिम प्रदेशलाई ५–१ गोलले पराजित गरेको हो । वालिङको जितमा भिओला नामुडुले ह्याट्रिक गोल गरिन् ।  ज्याकलिन नसाली र सुस्मा तामाङले एक-एक गोल थपिन ।

सुदूरपश्चिमका लागि रितिका कार्कीले सान्त्वना गोल फर्काइन् । जारी लिगमा कमजोर प्रदर्शनबाट गुज्रिएको सुदूरपश्चिमको यो पाँचौँ हार हो । जितसँगै पाँच खेलबाट नौ अङ्क बनाएको वालिङ पाँचौ स्थानमा छ । सुदूरपश्चिम अझै अङ्कविहीन छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गरेको लिगमा विभागीय तीनसहित १० टोलीको सहभागिता रहेको छ । 
 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १८:२५
प्रतिक्रिया दिनुहोस्