ADD FOR WEBSIDE ADD FOR WEBSIDE
विश्वकप लिग–२

पहिलो पटक क्यानाडासंग १०३ रनले हार्‍यो नेपाल 

मंगलबार, असोज १, २०८१

काठमाडौँ : आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपाल क्यानाडासंग पराजित भएको छ । यसअघि क्यानडासँग भएको ३ भेटमा शतप्रतिशत जित निकालेको नेपालले त्रिकोणत्मक सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग पहिलोपटक १०३ रनको फराकिलो हार भोगेको हो ।

जितकालागि क्यानडाले दिएको २ सय ५४ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा सवै विकेट गुमाउँदै १ सय ५० रनमा समेटियो । नेपालकालागि करण केसीले सर्वाधिक २७ रनको योगदान गरे । २४ बलको सामना गरेका उनले २ चौका  २ छक्का प्रहार गरे । सन्दीप लामिछानले २२ तथा आशिफ शेखले २० रन जोडे । भिम सार्कीले १८ ,गुल्शन झाले १५ तथा कुशल मल्लले १२ रन बनाएपनि अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

दिपेन्द्र सिं ऐरीले ८,सोमपाल कामीले ६ तथा कप्तान रोहित पौडेलले ५ रन बनाउँदा कुशल भुर्तेलले मात्र १ रन जोडे ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा डिलिन हेलिगरले सर्वाधिक ५ विकेट लिए । अखिल कुमार र आंश पटेलले २/२ विकेट हात पारे । त्यसअघि क्यानडाको किङ्ग सिटीमा टस हारेर पलिे ब्याटिङमा तानिएको घरेलुटोलीले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २५३ रनको विशाल योगफल बनाएको थियो ।

नेपालले डेथ ओभरमा खराब बलिङ गर्दा मध्य इनिङको दबाबलाई कायम गर्न सकेन । अन्तिम १० ओभरमा नेपालका बलरले १ सय ४ रन खर्चिएका थिए ।

उसकालागि  कप्तान निकोलस किर्तनले अविजित सवार्धिक  ७३ रनको पारी खेले । ४४ बलको सामना गरेका उनले ६ छक्का र ३ चौका हिर्काए । नबनित धालीवालले ४८ , डेलिन हेलिगरले ३० , हर्ष ठाकरले , २७ ,प्रगत सिंहले १७ रनको योगदान गरे ।

जितसँगै क्यानडा १० अंक सहित अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।


 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  ०५:४३
प्रतिक्रिया दिनुहोस्