ADD FOR WEBSIDE ADD FOR WEBSIDE

एपीएफले संकटालाई हरायाे

मंगलबार, असोज १, २०८१

काठमाडौं :एन्फा महिला लिग फुटबलमा शिर्ष स्थानमा रहेको सशस्त्र प्रहरीको एपिएफ क्लबले लगातार पाँचौ जित निकालेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा संकटा क्लबलाई ३–० गोलले हराउँदै एपिएफले पाँचौ निजत निकालेको हो । एपिएफको जितमा सरु लिम्बु,अनिता केसी र सबिता राना मगरले एक/एक गोल गरिन् । जितसंगै शिर्ष स्थानको एपिएफले १६ अंक जोडेको छ ।

संकटाले तेस्रो हार ब्यहोरेको छ । संकटाले खेलेका ६ खेलमध्ये एकमा जित र दुई खेल बराबरीमा टुंग्याएको छ ।

आजै हुने दोस्रो खेलमा कोशी प्रदेश र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुँदैछ । बिजेता टोली दोस्रो स्थानमा पुग्नेछ ।

समान १० अंक रहेको आर्मी र कोशी क्रमश तेस्रो र चौथो स्थानमा छ । ११ अंकको पुलिस दोस्रो स्थानमा छ ।

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १५:१९
प्रतिक्रिया दिनुहोस्