ADD FOR WEBSIDE ADD FOR WEBSIDE

पुलिसको लगातार तेस्रो जित

मंगलबार, असोज १, २०८१

काठमाडौँ : माल्दिभ्समा जारी काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले लगातार तेस्रो जित निकालेको छ ।

आज भएको खेलमा ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पुलिसले अपराजित यात्रा कायमै राखेको हो ।

पुलिसले डाइमेडमाथि २५–१५, २५–१२ र २५–१५ को सहज जित निकालेको हो । 
 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १७:५१
प्रतिक्रिया दिनुहोस्