ADD FOR WEBSIDE ADD FOR WEBSIDE

कोशीलाई हराउँदै आर्मी दोस्रो स्थानमा

मंगलबार, असोज १, २०८१

काठमाडौँ : कोशी प्रदेशलाई हराउँदै त्रिभुवन आर्मी एन्फा महिला लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा कोशीलाई ५–० गोलको फराकिलो अन्तरले  हराउँदै आर्मी दोस्रो स्थानमा पुगेको हो । आर्मीको जितमा बिमला चौधरी र अनिता लमजेलले दुई/दुई गोल गरिन् । हिमा चौधरीले एक गोल गरिन् ।

आर्मीकी अनिता लमजेल खेलको प्लेयअर अफ दि म्याच घोषित भईन् । जितसंगै दोस्रो स्थान कब्जा गरेको आर्मीले १३ अंक जोडेको छ । हारसंगै कोशी एक स्थान तल झर्दै चौथो स्थानमा आईपुगेको छ ।

आजै भएको पहिलो खेलमा संकटा क्लबलाई ३–० गोलले हराउँदै एपिएफले लगातार पाँचौ जित निकालेको छ । एपिएफको जितमा सरु लिम्बु,अनिता केसी र सबिता राना मगरले एक÷एक गोल गरिन् ।

जितसंगै शिर्ष स्थानको एपिएफले १६ अंक जोडेको छ । संकटाले तेस्रो हार ब्यहोरेको छ । संकटाले खेलेका ६ खेलमध्ये एकमा जित र दुई खेल बराबरीमा टुंग्याएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १७:५४
प्रतिक्रिया दिनुहोस्