ADD FOR WEBSIDE ADD FOR WEBSIDE
विश्वकप क्रिकेट लिग–२

नेपालले आज ओमानसंग खेल्दै

बुधबार, असोज २, २०८१

काठमाडौँ : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणत्मक सिरिजको दोस्रो खेलमा आज नेपालले ओमानसंग प्रतिस्पर्धा गर्ने भएको छ ।

क्यानडाको किङ्ग सीटीमा राती पौने ९ बजे हुने खेलमा नेपाल पहिलो जितको खोजिमा हुनेछ । पहिलो खेलमा घरेलु टोली क्यानडासँग एक सय तीन रनले पराजित भएको नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ ।

विश्वकप सन् २०२७ को छनोटको रुपमा रहेको लिग–२ मा आठ टोलीको सहभागीता छ ।
 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  ०८:१०
प्रतिक्रिया दिनुहोस्