ADD FOR WEBSIDE ADD FOR WEBSIDE

महिला लिग फुटबलमा आज पनि दुई खेल

बुधबार, असोज २, २०८१

काठमाडौँ : एन्फा महिला लिग फुटबलमा आज पनि दुई खेलहरु हुने भएका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो साँढे १२ बजे हुने खेलमा पुलिस र चन्द्रपुर तथा दिउँसो साँढे ३ बजे हुने अर्को खेलमा कर्णाली र सुदुरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

तेस्रो स्थानको पुलिस आज चन्द्रपुरलाई हराउँदै दोस्रो स्थानमा उक्लने योजनामा छ भने चन्द्रपुरपनि पसलिसलाई हराउँदै शिर्ष पाँच भित्र अटाउन चाहान्छ  । अहिलेसम्म जितबिहिन कर्णाली र सुदुरपश्चिम पहिलो जितको खोजिमा हुनेछ ।

जारी लिगमा १६ अंक सहित एपिएफ शिर्ष स्थानमा छ । १३ अंकको आर्मी दोस्रो तथा ११ अंक सहित पुलिस तेस्रो स्थानमा छ । १० अंकको कोशी चौथो तथा ९ अंकको वालिङ पाँचौ स्थानमा छ ।

एक अंकको कर्णाली नवौँ स्थानमा रहँदा सुदुरपश्चिम अंक तालिकाको पुछारमा छ ।
 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  ०८:१६
प्रतिक्रिया दिनुहोस्