ADD FOR WEBSIDE ADD FOR WEBSIDE

कर्णालीको पहिलो जित ,पुलिस र चन्द्रपुर बराबरीमा

बुधबार, असोज २, २०८१

काठमाडौँ : एन्फा महिला लिग फुटबलमा कर्णाली प्रदेशले पहिलो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको दोस्रो खेलमा सुदुरपश्चिम प्रदेशलाई ३–० गोलले पराजित गर्दै कर्णालीले पहिलो जित निकालेको हो । कर्णालीको जितमा भुमिका बुढाथोकी,गरिमा राई र बर्षा ओलीले एक/एक गोल गरिन् ।

जितसंगै कर्णालीले ४ अंक जोडेको छ । अहिलेसम्म जित बिहिन सुदुरपश्चिमको यो लगातार छैटौँ हार हो ।

आजै भएको पहिलो खेलमा नेपाल पुलिस र चन्द्रपुर क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीसंगै पुलिसले दोस्रो स्थानमा पुग्ने अवसर गुमाएको छ ।

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  २१:०२
प्रतिक्रिया दिनुहोस्