ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नेपालले पहिलो विकेट गुमायो लाईभ हेर्नुहोस (भिडियो सहित)

बुधबार, असोज २, २०८१

काठमाडौँ : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमानबिरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । क्यानडाको किङ्ग सीटीमा टस हारेर पहिले ब्याटिङमा तानिएको नेपालले पहिलो विकेट गुमाएको हो ।

नेपालले तेस्रो आभेरमा अर्जुन साउदलाई गुमाएको हो । ३.१ ओभरमा अर्जुन ब्यक्तिगत ५ रन बनाएर क्याच आउट हुन पुगेका हुन् । १२ बलको सामना गरेका उनले १ चौको मद्दतमा ५ रन जोडे ।

नेपाल आज पहिलो जितको खोजिमा छ । पहिलो खेलमा घरेलु टोली क्यानडासँग एक सय तीन रनले पराजित भएको नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ ।विश्वकप सन् २०२७ को छनोटको रुपमा रहेको लिग–२ मा आठ टोलीको सहभागीता छ ।
 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  २१:१४
प्रतिक्रिया दिनुहोस्