ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नेपालद्धारा गुजरात सामु १८२ रनको लक्ष्य 

बुधबार, चैत २१, २०८०

काठमाण्डौँ : एसएमएस फ्रेन्डसिप कप अन्तर्गत त्रिकोणात्मक क्रिकेटमा नेपालले गुजरातसामु जितका लागि १८२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

वापिस्थित साइ मेघपन स्पोर्ट्सलाइफ (एसएमएस) मैदानमा टस हारेर ब्याटिङमा तानिएको नेपालले नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १८१ रन बनायो । नेपालका लागि आशिफ शेखले सर्बाधिक ८५ रनको योगदान गरे ।

कुशल भुर्तेलले ६७ रन बनाउँदा बिबेक यादब ७ तथा प्रतिश जीशी ४ रनमा अबिजित रहे । गुल्सन झाले ४,कप्तान रोहित पौडेलले ३ ,सन्दिप जोराले २ तथा कुशल मल्लले १ रन बनाए । 
 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १६:४१
प्रतिक्रिया दिनुहोस्