ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टी–२० विश्वकप:

१३ टोलीको नाम सार्बजनिक, ७ देशले घोषणा गर्न सकेनन् विश्वकप खेल्ने टोली

मंगलबार, वैशाख २५, २०८१

काठमाडौं : प्रतियोगिताको मिति नजिकिँदै जाँदा आईसीसी पुरुष टी–२० विश्वकपको रौनक थप तातिएको छ ।

संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा आगामी जुन १ देखि २९ जुनसम्म हुने प्रतियोगितामा विश्वका २० वटा राष्ट्रले सहभागी जनाउँदैछन् ।

नवौँ संस्करणको विश्वकपका लागि आईसीसीले मे १ को अन्तिम मितिसम्म सहभागी टोलीले नाम सार्बजनिक गरिसक्न भने पनि केहि देशले अझैपनि विश्वकप खेल्ने टोलीको घोषणा गर्न सकेको छैन ।

आज हामी विश्वकपमा खेल्ने कुन-कुन देशले अन्तिम टोलीको घोषणा गरे र कुन-कुन टोलीले घोषणा गर्न बाँकी छन् ? यस विषयमा चर्चा गर्दैछौँ । सबैभन्दा पहिलोे विश्वकप खेल्ने टोली घोषणा क-कस्ले गरे त ? 

१.न्युजिल्यान्ड 
आईसीसीले भनेकै दिन मार्की इभेन्टका लागि आफ्नो टोलीको नाम घोषणा गर्ने पहिलो टोली बनेको छ । उनीहरुले सोही दिन प्रतियोगिताका लागि आफ्नो नयाँ प्लेईङ किट पनि सार्वजनिक गरेका थिए । न्यूजील्याण्डको कप्तानमा केन विलियम्सन सहित फिन एलेन, ट्रेन्ट बोल्ट, माइकल ब्रेसवेल, मार्क चैपम्यान, डेभन कोनवे, लोकी फर्ग्युसन, म्याट हेनरी, डेरिल मिचेल, जिमी नीशम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचेल स्यान्टनर, इश सोधी, र बेन सियर्स रहेका छन् ।
२.नेपाल 
नेपालले पनि कप्तान रोहित पौडेलको नेतृत्वमा बिश्वकप खेल्ने टोलीको घोषणा गरिसकेृको छ । कप्तान पौडेलसंगै नेपालको टोलीमा आसिफ शेख, अनिल कुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिस जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल, कमल सिंह ऐरी छन् ।


३.भारत

भारतीय क्रिकेट बोर्डले पनि बिश्वपका लागि रोहित शर्माको कप्तानीमा टोलीको घोषणा गरिसकेको छ । भारतीय टोलीमा कप्तान शर्मासंगै हार्दिक पाण्डेय ,यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त,सञ्जु सैमसन , शिवम दुबे, रवीन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चहल, अर्शदीप सिंह, जसप्रित बुमराह, मोहम्मद सिराज, शुभमन गिल, रिंकु सिंह, खलील अहमद र आवेश खान रहेका छन् ।
४.अफगानिस्तान 
अफगानिस्तानले राशिद खानको कप्तानीमा टोलीको घोषणा गरिसकेको छ । खानसंगै टोलीमा रहमानउल्लाह गुरबाज , इब्राहिम जद्रान, अजमातुल्लाह ओमरजाई, नजिबुल्लाह जद्रान, मोहम्मद इशाक, मोहम्मद नाबी, गुलबादिन नाइब, करीम जनात, नांग्याल खरोती, मुजीब उर रहमान, नूर अहमद, नवीन उल हक, फजलहक फारुकी, फरीद अहमद मलिक,सेदिक अटल, हजरतुल्लाह जाजई र सलीम साफी रहेका छन् ।


५.दक्षिण अफ्रिका 
बिश्वकपका लागि दक्षिण अफ्रिकाले पनि एडेन मार्करामको कप्तानीमा टोलीको घोषणा गरेको छ । दक्षिण अफ्रिकी टोलीमा ओटनियल बार्टम्यान, गेराल्ड कोएत्जी, क्विन्टन डी कक, ब्योर्न फोर्टुइन, रीजा हेन्ड्रिक्स, मार्को जेन्सेन, हेनरिक क्लासेन, केशव महाराज, डेभिड मिलर, एनरिच नोर्टजे, कागिसो रबाडा, रायन रिकेल्टन र तब्राइज शम्सी रहेकबा छन् । 


६.इंग्ल्यान्ड 
इंग्ल्यान्डले पनि बिश्वकपका लागि जोस बटलरको कप्तानीमा टोलीको घोषणा भईसकेको छ । उक्त टोलीमा मोइन अली, जोफ्रा आर्चर, जोनाथन बेयरस्टो, ह्यारी ब्रुक, साम कुरान, बेन डकेट, टम हार्टले, विल ज्याक्स, क्रिस जोर्डन, लियाम लिभिङस्टोन, आदिल राशिद, फिल साल्ट, रिस टोपले र मार्क वुड रहेका छन् ।


७.वेस्ट इन्डिज 
वेष्टईण्डिजले पनि रोभम्यान पावेलको कप्तानीमा बिश्वकप खेल्ने भएको छ । उक्त टोलीमा  अल्जारी जोसेफ, जोन्सन चार्ल्स, रोस्टन चेस, शिमरोन हेटमायर, जेसन होल्डर, शाई होप, अकेल होसेन, शामर जोसेफ, ब्रान्डन किङ, गुडाकेश मोती, निकोलस पूरन, आन्द्रे रसेल, शेरफान रदरफोर्ड र  रोमेरियो शेफर्ड रहेका छन् ।


८.स्कटल्याण्ड
स्कटल्याण्डले पनि बिश्वकपका लागि रिची बेरिङटनको कप्तानीमा टोलीको घोषणा गरेको छ । टोलीमा म्याथ्यू क्रस, ब्राड करी, क्रिस ग्रीभ्स, ओली हेयर्स, ज्याक जार्विस, माइकल जोन्स, माइकल लिस्क, ब्रान्डन म्याकमुलेन, जर्ज मुन्से, सफायान सरिफ, क्रिस सोले, चार्ली टियर, मार्क वाट र ब्राड ह्वील छन् ।


९.क्यानडा 
बिश्वकपका लागि साद बिन जफरको कप्तानीमा क्यानाडाले पनि टोलीको घोषणा गरिसकेको छ ।  टोलीमा आरोन जोन्सन, डिलोन हेलिगर, दिलप्रीत बाजवा, हर्ष ठाकर, जेरेमी गोर्डन, जुनैद सिद्दीकी, कलीम साना, कंवरपाल तथगुर, नवनीत धालीवाल, निकोलस किर्तन, परगट सिंह, रविन्द्रपाल सिंह, रायनखान पठान ,ताजिन्दर सिंह, आदित्य वरधराजन, अम्मार खालिद, जतिंदर मथारु र परवीन कुमार छन् । 


१०.संयुक्त राज्य अमेरिका
मोनांक पटेलको कप्तानीमा अमेरिकाले पनि बिश्वकपका लागि टोलीको घोषणा गरिसकेको छ ।  टोलीमा आरोन जोन्स , एन्ड्रिज गौस, कोरी एन्डरसन, अली खान, हरमित सिंह, जेसी सिंह, मिलिन्द कुमार, निसर्ग पटेल, नितिश कुमार, नोष्टुश केन्जिगे, सौरभ नेथ्रालवाकर, शाडले भान शाल्कविक ,स्टीवन टेलर, शायन जहाँगीर, गजानन्द सिंह, जुआनोय ड्रिसडेल र  यासिर मोहम्मद रहेका छन् । 


११.युगान्डा 
युगाण्डाले पनि ढिला गरी कप्तान ब्रायन मासाबाको नेतृत्वमा टोलीको घोषणा गरेको छ । युगाण्डाको टोलीमा साइमन सेसाजी, रोजर मुकासा, कोस्मास क्यूउटा, दिनेश नाक्रानी, फ्रेड अचेलम, केनेथ वाइस्वा, अल्पेश रामजानी, फ्रान्क सुबुगा, हेनरी सेन्योन्डो, बिलाल हसुन, रोबिन्सन ओबुया, रियाजत अली मिजिया, रियाजत अली,रोनक पटेल यात्रा र रोनाल्ड लुटाया छन् ।


१२.ओमान 
ओमानले अकिब इलियासको कप्तानीमा बिश्वकप खेल्नेछ । ओमानको टोलीमा  जिशान मकसूद, कश्यप प्रजापति, प्रतीक आठवले, अयान खान, शोएब खान, मोहम्मद नदीम, नसीम खुशी (विकेट), मेहरान खान, बिलाल खान, रफिउल्लाह, कलीमुल्लाह, फय्याज बट, शकील अहमद, , खालिद कैल , जतिन्दर सिंह, समय श्रीवास्तव, सुफयान महमूद र जय ओडेद्रा छन् ।


१३.अष्ट्रेलिया
अष्ट्रेलियाले मिचेल मार्सको कप्तानीमा बिश्वकप खेल्ने टोलीको घोषणा गरेको छ । अष्ट्रेलियाको टोलीमा एस्टन आगर, प्याट कमिन्स, टिम डेभिड, नाथन एलिस, क्यामरन ग्रीन, जोस हेजलवुड, ट्राभिस हेड, जोस इन्ग्लिस, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, मार्कस स्टोइनिस, म्याथ्यू वेड, डेभिड वार्नर र एडम जाम्पा छन् । 


बिश्वपमा सहभागि हुने २० टोली मध्ये १३ टोलीले खेलाडीको स्क्वाड घोषणा भईसकेको छ । तर अझै पनि सात राष्ट्रले टोलीको घोषणा गर्न सकेका छैनन् ।

-यी हुन बिश्वकप टोलीको घोषणा गर्न बाँकी देशहरु ।
१.पाकिस्तान
२.श्रीलंका
३.आयरल्याण्ड
४ बंगलादेश
५.नामिबिया
६.नेदरल्याण्ड
७.पपुवान्यूगिनी

 यो पनि पढ्नुहोस्बिश्वकपमा आतंबादी हमलाको धम्की !

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ११:०४
प्रतिक्रिया दिनुहोस्