ADD FOR WEBSIDE ADD FOR WEBSIDE
विश्वकप क्रिकेट लिग–२

ओमानसंग नेपाल एक विकेटले पराजित 

गुल्शन झा प्लेयअर अफ दि म्याच
बिहीबार, असोज ३, २०८१

काठमाडौँ : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमानबिरुद्धको खेलमा पनि नेपाल पराजित भएको छ ।

बुधवार राती भएको खेलमा नेपाल ओमानसंग एक विकेटले  पराजित भएको हो । जितकालागि नेपालले दिएको २२१ रनको लक्ष्य ओमानले ९ विकेटको क्षतिमा १ बल बाँकी छँदै पुरा गर्यो । ओमानकालागि जतिन्द्र सिंहले सर्वाधिक ४० तथा कश्यप प्रजापतिले ३६ रनको योगदान गरे । कप्तान अकिव इलियासले २९ रन जोडे ।

बलिङतर्फ गुल्शा झाले सर्वाधिक ५ विकेट लिए । करण्ना केसीले दुई तथा सन्दीप लामिछाने र आरिफ शेखले एक-एक विकेट हात पारे । 

त्यसअघि क्यानडाको किङ्ग सीटीमा टस हारेर पहिले ब्याटिङमा तानिएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२० रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेल र गुल्शन झाले अर्धसकितय पारी खेले पनि जितकालागि पर्याप्त हुन सकेन । ७२ बलको सामना गरेका पौडेलले ४ छक्का र २ चौका प्रहार गर्दै ६० रनको योगदान गरे ।

गुल्शन झाले ५३ रन जोडे । ३५ बलको सामना गरेका उनले ५ छक्का र ३ चौका हिर्काए । उनी खेलको प्लेअयर अफ दि म्याच घोषित भए । आशिफ शेखले ३५ तथा सोमपाल कामीले २० रन जोडे ।

यसअघि भएको पहिलो खेलमा नेपाल क्यानडासँग एक सय तीन रनले पराजित भएको थियो । 
 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  ०६:२६
प्रतिक्रिया दिनुहोस्