ADD FOR WEBSIDE ADD FOR WEBSIDE

अफगानिस्तानसंग दक्षिण अफ्रिका ६ विकेटले पराजित 

बिहीबार, असोज ३, २०८१

एजेन्सी : दक्षिण अफ्रिकाबिरुद्धको पहिलो एक दिवशीय क्रिकेटमा अफगानिस्तान विजयी भएको छ ।

युएईको सारजाहामा बुधवार राती भएको खेलमा अफगानिस्तानले दक्षिणअफ्रिकालाई ६ विकेटले पराजित गरेको हो । जितकालागि दक्षिण अफ्रिकाले दिएको १०७ रनको लक्ष्य अफगानिस्तानले २६ ओभरमा ४ विकेट गुमाएर भेटायो ।

Fazalhaq Farooqi finished with figures of 4 for 35 from his seven overs, Afghanistan vs South Africa, 1st ODI, Sharjah, September 18, 2024

अफगानिस्तानको जितमा गुलाबदिन नयबले अविजित ३४ रनको योगदान गरे । अजमातुल्लाह उमरजाईले २५ रन जोडे । त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको दक्षिण अफ्रिका ३३.३ ओभरमा अलआउट हुँदै १०६ रनमा समेटियो । वीयान मोलदरले सर्वाधिक ५२ रनको योगदान गरे । 

Rahmat Shah fell for 8 off 26 balls, Afghanistan vs South Africa, 1st ODI, Sharjah, September 18, 2024

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  ०७:३६
प्रतिक्रिया दिनुहोस्