ADD FOR WEBSIDE ADD FOR WEBSIDE

रश्मी घिसिङले पाँच गोल गरेपछि एपिएफको छैटौँ जित

शुक्रबार, असोज ४, २०८१

काठमाडौँ : एन्फा महिला लिग फुटबलमा शिर्ष स्थानको एफिएफले छैटौँ जित निकालेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको पहिलो खेलमा कोशी प्रदशेलाई ८–० गोलले हराउँदै एपिएफले अर्को जित निकालेको हो । एपिएफको जितमा रश्मी कुमारी घिसिङले ह्याट्रिक गोल पुरा गर्दै सर्वाधिक ५ गोल गरिन् ।

अनिता बस्नेतले दुई तथा अनिता केसीले एक/एक गोल गरिन् ।  खेलको ७९ औँ मिनेटमा कोशीकी डिफेण्डर नेहा कुमारी चौधरी दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएकी थिईन् ।  १० खेलाडीमा सिमित कोशीले अन्तिम समयमा पाँच गोल खान पुग्यो । जितसंगै शिर्ष स्थानको एपिएफले १९ अंक जोडेको छ । हारसंगै कोशीको शिर्ष दुईमा पर्ने सम्भावना सकिएको छ ।

आजै हुने अर्को खेलमा त्रिभुवन आर्मी र चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । अहिले केहिबेरपछि एन्फा कम्प्लेक्समा हुने खेलमा आर्मी शिर्ष स्थानको एपिएफसंग ३ अंकले दुरी घटाउन चाहान्छ । छैटौँ स्थानको चन्द्रपुर पनि आर्मीलाई हराउँदै कोशीसंग अंक बराबरी गर्ने योजनामा छ । 

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १४:३२
प्रतिक्रिया दिनुहोस्