ADD FOR WEBSIDE ADD FOR WEBSIDE

चन्द्रपुरको पोष्टमा आर्मीको दश गोल

शुक्रबार, असोज ४, २०८१

काठमाडौँ : दुई खेलाडीले ह्याट्रिक गोल गरेपछि एन्फा महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले प्रभावशाली जित निकालेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा चन्द्रपुरलाई १०–० गोलले पराजित गरेको हो ।

पाँचौ जित निकाल्ने क्रममा आर्मीकालागि अमिसा कार्की र चन्द्रा भण्डारीले ह्याट्रिक गोल गरिन् । हिमा चौधरी,दिपा शाही ,अञ्जना राना मगर र शर्मिला थापामगरले एक÷एक गोल गरिन् ।

जितसंगै दोस्रो स्थानको आर्मीले १६ अंक जोडेको छ ।

यसअघि आजै भएको पहिलो खेलमा कोशी प्रदशेलाई ८–० गोलले हराउँदै एपिएफले छैटौ जित निकालेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १७:४७
प्रतिक्रिया दिनुहोस्