ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नेपाल पुलिस काभा भलिबलको फाइनलमा 

शुक्रबार, असोज ४, २०८१

काठमाडौँ  : अपराजित रहँदै विभागीय टोली नेपाल पुलिस क्लब सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभा महिला क्लब च्याम्पियसिपको फाइनल प्रवेश गरेको छ ।

आज भएको लिग चरणको अन्तिम खेलमा माल्दिभ्स पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै पुलिस फाईनलमा पुगेको हो । पुलिसले माल्दिभ्स पुलिसविरुद्ध पहिलो सेट २५–१२ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेपनि तेस्रो सेट २३–२५ ले गुमाउन पुग्यो ।

चौथो तथा निर्णायक सेटमा पुलिसले माल्दिभ्स पुलिसलाई २५–२१ ले  हराउँदै जित सुनिश्चित गरेको हो । 
 

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १९:३४
प्रतिक्रिया दिनुहोस्