ADD FOR WEBSIDE ADD FOR WEBSIDE

एन्फा महिला लिगमा आज दुई खेल 

शनिबार, असोज ५, २०८१

काठमाडौँ : एन्फा महिला लिग फुटबलमा आज दुई खेलहरु हुने भएका छन्  ।

पहिलो खेलमा संकटा र सुदुरपश्चिम प्रदशेबीच प्रतिस्पर्धा हुदैँछ । संकटा आज सुदुरपश्चिमलाई हराउँदै छैटौ स्थानमा उक्लन चाहान्छ । जितबिहिन सुदुरपश्चिम पहिलो जितको खोजिमा हुनेछ ।

आजै हुने दोस्रो खेलमा नेपाल पुलिस र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ । पुलिस वालिङलाई हराउँदै शिर्ष तीनमै रहन चाहान्छ । वालिङपनि पुलिसलाई हराउँदै तेस्रो स्थानमा उक्लने दाउमा छ ।

पहिलो खेल साँढे १२ बजे तथा दोस्रो खेल साँढे ३ बजे हुनेछ । यी दुवै खेल त्रिपुरेश्वर स्थित दशरथरंगाशालामा हुने छ । 

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  ०८:१४
प्रतिक्रिया दिनुहोस्