ADD FOR WEBSIDE ADD FOR WEBSIDE

दक्षिण अफ्रिका विरुद्धको एक दिवशीय सिरिज अफगानिस्तानलाई

शनिबार, असोज ५, २०८१

काठमाडौँ : दक्षिण अफ्रिका विरुद्धको एक दिवशीय सिरिज अफगानिस्तानले जितेको छ ।

शुक्रवार राती भएको दोस्रो खेलमा दक्षिण अफ्रिकालाई १७७ रनले हराउँदै अफगानिस्तानले एक खेल अगावै सिरिज २–० ले आफ्नो पक्षमा पारेको हो । जितकालागि अफगानिस्तानले दिएको ३१२ रनको विशाल लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३४.२ ओभरमा १३४ रनमा अलआउट भयो ।

Rahmanullah Gurbaz and Rahmat Shah shared a century stand, Afghanistan vs South Africa, 2nd ODI, Sharjah, September 20, 2024

उसकालागि कप्तान तेम्बा भावउमाले सर्वाधिक ३८ रनको योगदान गरे । टोनी दि जोर्जीले ३१ ,एडन मार्करमले २१ रन तथा रिजा हेनरिकले १७ रन बनाएपनि अन्य कुनैपनि खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

दक्षिण अफ्रिकालाई सस्तैमा समेट्ने क्रममा राशिद खानले सर्वाधिक ५ विकेट लिए । नङ्गेलिया खरोटेले ४ विकेट हात पारे ।

Rashid Khan in action on his 26th birthday, Afghanistan vs South Africa, 2nd ODI, Sharjah, September 20, 2024

त्यसअघि युएईको सारजहा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित ओभरमा ४ विकेटको क्षतिमा ३११ रन बनाएको थियो । उसकालागि रहमानउल्लाह गुरबाजले शतकिय पारी खेल्दै सर्वाधिक १०५ रनको योगदान गरे । अजमातुल्लाह उमरजाईले अविपजत ८० रन जोड्दा रहमत शाहले ५० रन जोडे ।

यसअघि भएको पहिलो खेलमा अफगानिस्तान ६ विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल आईतवार हुनेछ । 
 

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  ०८:३५
प्रतिक्रिया दिनुहोस्