ADD FOR WEBSIDE ADD FOR WEBSIDE
काभा महिला भलिबल क्लब च्याम्पियनसिप

उपाधिकालागि पुलिस र उज्बेकिस्तानको हुमो भिड्दै

शनिबार, असोज ५, २०८१

काठमाडौँ : माल्दिभ्समा जारी काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल पुलिस क्लब र उज्बेकिस्तानको हुमो भलिबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

माल्दिभ्सको मालेमा हुने खेल स्थानीय समयअनुसार राति साँढे ८ बजे सुरु हुनेछ । पुलिस अहिलेसम्म अपराजित रहँदै फाइनलमा पुगेको हो । एक खेल अगावै फाईनल पुुगेको पुलिसले लिग चरणको अन्तिम खेलमा माल्दिभ्स पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै पुलिस फाईनलमा पुगेको हो ।

पुलिसले माल्दिभ्स पुलिसविरुद्ध पहिलो सेट २५–१२ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेपनि तेस्रो सेट २३–२५ ले गुमाउन पुग्यो । चौथो तथा निर्णायक सेटमा पुलिसले माल्दिभ्स पुलिसलाई २५–२१ ले  हराउँदै जित सुनिश्चित गरेको हो । पुलिसले प्रारम्भिक चरणको खेलमा हुमोलाई पराजित गरेको थियो ।

पुलिसले यस प्रतियोगिताका लागि मात्रै भनेर विभागीय प्रतिद्धन्द्धी नेपाल एपिएफ क्लबबाट सरस्वती चौधरी र निरुता ठगुन्ना तथा न्यु डायमन्ड युथ स्पोर्टस क्लबबाट सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको छ ।
 

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १०:१२
प्रतिक्रिया दिनुहोस्