ADD FOR WEBSIDE ADD FOR WEBSIDE

संकटाले सुदुरपश्चिमलाई छ शुन्यले हरायो

शनिबार, असोज ५, २०८१

काठमाडौँ : सुदुरपश्चिमलाई हराउँदै संकटा क्लब एन्फा महिला लिग फुटबलको छैटौँ स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथरंगाशालामा आज भएको पहिलो खेलमा सुदुरपश्चिम प्रदेशलाई ६–० को पराकिलो अन्तरले हराउँदै संकटा छैटौ स्थानमा उक्लिएको हो । संकटाको जितमा विदेशी खेलाडी तेमिलोपे जेनिफरले ह्याट्रिक गोल पुरा गर्दै सर्वाधिक चार गोल गरिन् । ममता पुन र पुर्णिमा हमालले एक/एक गोल गरिन् ।

आजै हुने दोस्रो खेलमा नेपाल पुलिस र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ । पुलिस वालिङलाई हराउँदै शिर्ष तीनमै रहन चाहान्छ । 
 

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १४:३३
प्रतिक्रिया दिनुहोस्