ADD FOR WEBSIDE ADD FOR WEBSIDE

एनपिएलको अक्सनका लागि खेलाडी दर्ता प्रक्रिया खुला 

शनिबार, असोज ५, २०८१

काठमाडौँ : नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग(एनपिएल) का लागि खेलाडी दर्ता प्रक्रिया खुला गरेको छ ।

क्यानले आज एक विज्ञप्ती जारी गर्दै पहिलो संस्करणको एनपिएलको अक्सनमा सहभागी हुन चाहने खेलाडीहरुलाई नाम दर्ता गर्न आह्वान गरेको हो ।

एक हजार रुपैयाँ शुलक तिरेर खेलाडीहरुले असोज १२ गते सम्म नाम दर्ता गरिसक्नु पर्ने बिज्ञप्तीमा उल्लेख छ । खेलाडीलाई ए, बी र सी गरी ३ श्रेणीमा विभाजन गरिएकाले कुनैपनि श्रेणीमा खेलाडीहरुले नाम दर्ता गराउन सकिने गरी क्यानले बिकल्प खुला गरेको छ।

एनपिएलमा सहभागी ८ टोली र तीनका मार्की खेलाडी भने छनोट भइसकेका छन् । एनपिएलको पहिलो संस्करण अनगामी मंसिर १५ देखि पुस ६ गतेसम्म हुनेछ ।

Can-1726910455.jpg


 

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १५:०६
प्रतिक्रिया दिनुहोस्