ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नेपाल पाकिस्तानसंग पराजित 

शनिबार, असोज ५, २०८१

काठमाडौँ : भुटानमा जारी १७ वर्षमुनिको साफ च्याम्पियनसिप नेपाल पाकिस्तानसंग पराजित भएको छ ।

थिम्पुस्थित चांलिमिथाङ रंगशालामा आज भएको खेलमा नेपाल पाकिस्तानसंग १–० ले पराजित भएको हो । खेलको अन्तिम सयमा सम्हालिन नसक्दा नेपाल पराजित हुन पुगेको हो । ८१ औँ मिनेटमा पाकिस्तानका लागि मोहम्मद थलहले गोल गरे ।

नेपालले दोस्रो खेलमा भोलि श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।
 

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १८:०५
प्रतिक्रिया दिनुहोस्