ADD FOR WEBSIDE ADD FOR WEBSIDE

पुलिससंग वालिङ पराजित

शनिबार, असोज ५, २०८१

काठमाडौँ : एन्फा महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले वालिङ नगरपालिकालाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथरंगाशालामा आज भएको दोस्रो खेलमा पुलिसले स्याङ्जाको वालिङलाई २–० गोल अन्तरले पराजित गर्दै तेस्रो स्थानमा कायमै रहन सफल भएको हो । पुलिसको जितमा सम्झना लावतीले महत्वपूर्ण दुई गोल गरिन् ।

जितसंगै  तेस्रो स्थानको पुलिसले १५ अंक जोडेको छ । हारसंगै वालिङले शिर्ष तीनमा रहने सुनौलो अवसर गुमाएको छ । आजै भएको पहिलो खेलमा सुदुरपश्चिमलाई हराउँदै संकटा छैटौँ स्थानमा उक्लिएको छ ।

दशरथरंगाशालामा आज भएको पहिलो खेलमा सुदुरपश्चिम प्रदेशलाई ६–० को पराकिलो अन्तरले हराउँदै संकटा छैटौ स्थानमा उक्लिएको हो । जारी लिगमा १९ अंककासाथ एपिएफ शिर्ष स्थानमा छ ।  दोस्रो स्थानको आर्मीको १६ अंक छ । 
 

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १८:१७
प्रतिक्रिया दिनुहोस्