ADD FOR WEBSIDE ADD FOR WEBSIDE

काभा महिला भलिवलको उपाधि नेपाल पुलिसलाई

शनिबार, असोज ५, २०८१

काठमाडौँ : सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभा महिला क्लब च्याम्पियनसिपको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ । 

माल्दिभ्सको मालेमा आज भएको फाईनलमा उज्बेकिस्तानको हुमो भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल पुलिस क्लबले उपाधि उचालेको हो । नेपालले उज्बेकिस्तानको हुमोमाथि २५–१६, २५–२२ र २५–२३ को जित निकालेको हो ।

नेपालले अपराजित रहँदै उपाधि उचालेको हो । नेपालको लिगको विजेताका रुपमा पुलिसले क्लब च्याम्पियनसिपमा भाग लिन लागेको हो ।

पुलिसले यस प्रतियोगिताका लागि मात्रै भनेर विभागीय प्रतिद्धन्द्धी नेपाल एपिएफ क्लबबाट सरस्वती चौधरी र निरुता ठगुन्ना तथा न्यु डायमन्ड युथ स्पोर्टस क्लबबाट सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको थियो । 

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  २१:४४
प्रतिक्रिया दिनुहोस्