ADD FOR WEBSIDE ADD FOR WEBSIDE

एन्फा महिला लिगमा आज एक खेल हुने 

आइतबार, असोज ६, २०८१

काठमाडौँ : एन्फा महिला लिग फुटबलमा आज एक मात्रै खेल हुने भएको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने खेलमा बागमती र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । दिउँसो ३ बजेपछि हुने खेलमा दुवै टोली दोस्रो जितको खोजिमा हुनेछ ।

जारी लिगमा समान चार चार अंकको बागमती आँठौ स्थानमा छ भने कर्णाली नवौँ स्थानमा छ ।

१९ अंकको एपिएफ शिर्ष स्थानमा रहँदा १६ अंकको आर्मी दोस्रो तथा १५ अंकको पुलिस तेस्रो स्थानमा छ । 
 

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  ०५:१५
प्रतिक्रिया दिनुहोस्