ADD FOR WEBSIDE ADD FOR WEBSIDE
विश्वकप लिग–२

नेपालले आज क्यानाडासंग खेल्दै

आइतबार, असोज ६, २०८१

काठमाडौँ :आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपालले क्यानाडासंग प्रतिस्पर्धा गर्ने भएको छ ।

ओमान क्यानाडा र नेपाल सम्मिलित त्रिकोणात्मक सिरिजका लागि क्यानाडामा रहेको रहेको नेपालले यसअघि खेलेका दुवै खेलमा पराजय भोगेको छ । पहिलो खेलमा घरेलुटोलीसंग १०३ रनले हारेको नेपाल ओमानसंगको दोस्रो खेलमा पनि एक विकेटले पराजित हुन पुगेको थियो ।

नेपाल आज क्यानाडालाई हराउँदै पहिलो जित निकाल्ने योजनामा छ । क्यानाडापनि दोस्रो पटक घरेलु मैदानमा नेपाललाई हराउँदै लिगको शिर्ष स्थानमा उक्लने दाउमा छ । नेपाल र क्यानाडाको खेल किङ सीटीमा नेपाली समयअनुसनार राती पौने ९ बजे सुरु हुनेछ ।

जारी लिगमा नेदरल्याण्ड १२ अंकसहित शिर्ष स्थानमा छ । समान अंकको क्यानाडा दोस्रो तथा ९ अंकको स्कट ल्याण्ड तेस्रो स्थानमा छ ।

८ अंकको अमेरिका चौथो तथा समान अंकको नामिबिया पाँचौ स्थानमा छ । ५ अंकको ओमान छैटौ स्थानमा रहँदा २ अंक सहति नेपाल साँतौ स्थानमा छ । समान अंकको युएई अंक तालिकाको पुछारमा छ ।
 

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  ०८:२६
प्रतिक्रिया दिनुहोस्