ADD FOR WEBSIDE ADD FOR WEBSIDE

बंगलादेशविरुद्धको पहिलो टेस्टमा भारत विजयी

आइतबार, असोज ६, २०८१

काठमाडौँ : पहिलो टेस्टमा भारतले बंगलादेशलाई २८० रनले पराजित गरेको छ ।

५ सय १५ रनको लक्ष्य पछ्याएको बंगलादेश चौथो दिन आज मात्र २ सय ३४ रनमै अलआउट भएपछि भारत विजयी भएको हो । भारतका लागिआर. अश्विनलेसर्वाधिक ६ विकेट लिए।रवीन्द्र जडेजाले ३ र जसप्रित बुमराहले १ विकेटहात पारे ।

भारतले पहिलो इनिङ्समा ३७६ रन बनाएको थियो भने बंगलादेशको पहिलो इनिङ्समा१४९ रनमा अलआउट भएको थियो।यसपछि दोस्रो इनिङ्समा भारतले २८७ रनमा इनिङ्स घोषणा गर्दै बंगलादेशलाई ५१५ रनको लक्ष्य दिएको थियो।

भारत र बंगलादेशबीचको दोस्रो टेस्ट २७ सेप्टेम्बरदेखि भारतको कानपुरमा सुरु हुने छ ।
 

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १६:२१
प्रतिक्रिया दिनुहोस्