ADD FOR WEBSIDE ADD FOR WEBSIDE

कर्णाली विरुद्ध वागमतीको कठिन जित 

आइतबार, असोज ६, २०८१

काठमाडौँ : एन्फा महिला लिग फुटबलमा कर्णाली प्रदेश बागमती प्रदेशसंग पराजित भएको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा कर्णाली विरुद्ध १–० को कठिन जित निकालेको हो । बागमतीको जितमा खेलको इन्जुरी समयमा विदेशी खेलाडी गिफ्टी अच्एमपोङले निर्णायक गोल गरिन् ।

जितसंगै बागमती सात अंक सहित साँतौ स्थानमा उक्लिएको छ ।

जारी लिगमा १९ अंकको एपिएफ शिर्ष स्थानमा रहँदा १६ अंकको आर्मी दोस्रो तथा १५ अंकको पुलिस तेस्रो स्थानमा छ ।
 

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १७:०९
प्रतिक्रिया दिनुहोस्