ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नेपालगञ्ज १० किमी नाइट भेट्रानमा रैवत प्रथम

आइतबार, असोज ६, २०८१

काठमाडौँ : नेपालगन्ज १० किमी नाइट म्याराथन अन्तर्गत ४५ वर्षमाथि उमेर समुहमा धावक रैवत दाहाल प्रथम भएका छन् ।
संविधान दिवसका अवसरमा बिहीबार राति  भएकाे प्रतितयोगितामा दाहालले भेट्रान पुरुष तर्फ निर्धारित दुरी ३८ मिनेट ०७ सेकेण्डमा पुरा गर्दै प्रथम भएका हुन् । 
बाँके खजुराका भरत श्रेष्ठले ४८ मिनेट ५६ सेकेण्डमा दुरी पार गर्दा दोस्रो र ४९  मिनेट १९ सेकेण्ड लिएका महेन्द्र बज्राचार्य तेस्रो भएका छन् ।
भेट्रान विजेता रैवतले पछिल्लो पुस्तालाई दौडमा आकर्षित गरिरहन आफु दौडिरहेको प्रतिक्रिया दिए ।

नेपालगन्ज उपमहानगरपालिका प्रवेशद्वार अगाडि निर्मित नाइट रन गेटबाट सुरु भएको दौड बीपीको चोम, धम्बोजी चोक, पुष्पलाल चोक, कारकादो चोक हुँदै राँझा नजिकै पुगेर पुनः सोही रुटमा बीपी चोक पुगेपछि दौड सम्पन्न भएको थियोे ।

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १८:३५
प्रतिक्रिया दिनुहोस्