ADD FOR WEBSIDE ADD FOR WEBSIDE

कबड्डी विश्व कपमा भाग लिने नेपाली टोली इरान प्रस्थान

आइतबार, असोज ६, २०८१

काठमाडौं : बिच कबड्डी विश्व कपमा सहभागी हुन ६ पुरुष खेलाडीसहित ९ सदस्यीय नेपाली टोली आइतबार इरानको एन्जल प्रस्थान गरेको छ ।

सेप्टेम्बर २५ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुने खेलाडी टोलीमा कल्याण भुजेल (कप्तान), रन्जित गजमेर, पदमबहादुर विष्ट, रामु टमटा, गणेश पार्की र निरज चन्द रहेका छन्।
प्रशिक्षक विष्णुदत्त भट्ट, टिम व्यवस्थापक शरद दर्शनधारी र टेक्निकल अफिसर रामकेवल मुखिया रहेका छन्। 
टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आइतबारै एक कार्यक्रमबीच बिदाइ गरे।
 

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १९:३२
प्रतिक्रिया दिनुहोस्