ADD FOR WEBSIDE ADD FOR WEBSIDE

क्यानडाविरुद्धको खेलमा शुरुवाती ब्याटिङ गर्दै नेपाल

आइतबार, असोज ६, २०८१

काठमाडौं: आइसिसी विश्वकप लिग–२ अन्तर्गत घरेलु टोली क्यानडाविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। 


नेपालका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको छ । यसअघिका दुई खेलमा पराजित नेपाल पहिलो जितको खोजिमा रहेको छ ।

क्यानाडापनि दोस्रो पटक घरेलु मैदानमा नेपाललाई हराउँदै लिगको शिर्ष स्थानमा उक्लने दाउमा छ । जारी लिगमा नेदरल्याण्ड १२ अंकसहित शिर्ष स्थानमा छ । समान अंकको क्यानाडा दोस्रो तथा ९ अंकको स्कट ल्याण्ड तेस्रो स्थानमा छ ।

८ अंकको अमेरिका चौथो तथा समान अंकको नामिबिया पाँचौ स्थानमा छ । ५ अंकको ओमान छैटौ स्थानमा रहँदा २ अंक सहति नेपाल साँतौ स्थानमा छ । समान अंकको युएई अंक तालिकाको पुछारमा छ । 

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  २०:२३
प्रतिक्रिया दिनुहोस्